दर्ता. न‌: २४५/०६५/०६६

ढोरपाटनबाट युवा हरुको उद्धघोष ः सरकारले कार्यशैली नसुधारे शसक्त आन्दोलनमा जाने

दिपेन्द्र परियार २७ माघ २०८० । बढ्दो महंगी ,अनियमितता,ढिलासुस्ती र भ्रष्टाचारको अन्त्यका लागी मोटरसाईकल मार्च मार्फत बाग्लुङ जिल्ला दौडाहामा रहेको अखिल नेपाल युवक संघमा आवद्ध युवाहरु पश्चिम बागलुङको ढोरपाटन पुगेका छन ।

शनिवार बिहान गल्कोटबाट पश्चिम तर्फ लागेको युवाहरुको टोलीले बडिगाड गाँउपालिकाको ववडा न २ खर्बाङ बजार र वडा न ५ खौलार बजारमा तथा तमान खोला गाँउपालिकाको वडा न १ र २ को बोङगादोभानमा साथै ढोरपाटन नगरपालिकाको वडा न ४ हुन्द्रफेदी,वडा न ७ बोवाङ,वडा न ६ गादीखोलामा पुगेर युवक संघले कोण सभा मार्फत सबै तहका सरकारलाई खवरदारी गरेका हुन   ।

सभालाई वडीगाडको खर्बाङमा अखिल नेपाल युवक संघ केन्द्रिय समितिका उपाध्यक्ष लक्षमणपुन,खौलारमा राजमो बाग्लुङ जिल्ला समिति अध्यक्ष तिलक थापा,तमानखोलाको बोङगादोभानमा अखिल नेपाल युवक संघ केन्द्रिय समितिका सदस्य कमल पौडेल,ढोरपाटनको हुन्द्रफेदीमा अखिल नेपाल युवक संघ केन्द्रिय समितिमाहासचिव भिमसेन वन,बोबाङमा राजमो जिल्ला सचिव भिमलाल पोखरेल ,तथा गादी खोलामा अखिल नेपाल युवक संघ केन्द्रिय समितिका सदस्य बरुण पौडेलले सम्बोधन गर्नुभएको थियो ।nullnullnull

कर्यक्रममा बोल्ने वक्ताहरुले स्थानिय तह देखी राष्ट्रिय गौरवका योजना हरुमा भैरहेको अनियमितता ,ढिलासुस्ती र बेथितिका बारे नागरिकलाई सचेत बनाउदै शुसासन कायम गर्न मोटरसाईक मार्च मार्फ अभियान सञ्चालन गरेको बताएका थिए । स्थानिय तह देखी प्रदेश र केन्द्र सरकारका गतिबिधीहरुको आफुहरुले निरन्तर निगरानी गरिरहेको बताउदै अझैपनि सरकारले कार्यशैली नसुधारे सशक्त आन्दोलनका कार्यक्रम लिएर जनताको बिचमा जाने समेत बताएका छन ।

गल्कोटबाट बडिघाट गाँउपालिका हुदै ढोरपाटन नगरपालिकाका बिभिन्न वडाहरुमा पुगेका युवाहरुलाई आफ्ना बास्तविक मागहरु लिएर आएको भन्दै धन्यवाद सहित फुलमाला अबिरले सम्मानका साथ स्वागत गरेका  थिए।

बागलुङ जिल्लामा सञ्चालित राष्ट्रिय तथा स्थानिय बिकास निर्माणका योजना हरुमा भैरहेको ढिला सुस्ती तथा देशमा मौलाईरहेको भष्ट्राचार र बिकृति बिसंगीका बिरुद्ध युवाहरुले सञ्चालन गरेको सचेतना मुलक अभियानलाई नागरिकहरुले भब्य स्वागतका साथ सर्मथन गरेका  छन  ।

यो अभियानले युवाहरुलाई संगठित गर्दै राजनैतिक सचेतना मार्फत राज्यस्तरका गलत क्रियाकलापको बिरोध तथा जनअधिकारका सम्पुर्ण मुद्धाहरुलाई एकिकृत पार्दै मुलकमा भएको भष्टचार बेथिति अनियमितता को अन्त्य गर्दै जनवादी क्रान्तिको आधार निर्माण गर्ने रहेको अखिल नेपाल युवक संघ बागलुङका अध्यक्ष बिरेन्द्र थापाले बताउनु भयो ।

थापाका अनुसार माघ २४ गते बुधवार दक्षिण बागलुङ बरेङ गाँउपालिका बाट सुरु भएको अभियान माघ २८ गते आईतवार पश्चिम बागलुङको निसिखोला गाँउपालिका पुगेर समापन हुने छ ।

« व्यावसायिक सचेतना तथा लैङ्गिक समावेशीकरणका लागी पैंयुथन्थापमा उद्यमशीलता विकास तालिम शुरु «

» बरेङका ७५ सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण,८५ कुकुरलाई रेविज विरुद्धको खोप »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal