दर्ता. न‌: २४५/०६५/०६६

बरेङका विद्यालयहरुमा श्रीपञ्चमी पर्व,सरस्वति माताको पुजाआरधना,नयाँ बालबालिकाहरुको अक्षराम्भ

भुमा मगर । 

२ फागुन २०८० ।आज श्रीपञ्चमी पर्व, देशभर विद्याकी देवी सरस्वतीको पूजाआरधना गरी मनाइएको छ । 

श्री पञ्चमी पर्वका अवसरमा आज बरेङ गाउँपालिकाका विद्यालयहरुमा समेत विविध कार्यक्रम सहित पर्व मनाइएको छ ।

बरेङ गाउँपालिका–१ लिउँवा स्थित धुल्लुलिउँवा माध्यमिक विद्यालयमा बालविकास शिक्षामा अध्ययन गर्ने बालबालिकाहरुलाई विद्यालयका प्रधानाध्यापक फटिक बहादुर थापा एवम बालविकास सहजकर्ता  सीता पौडेलद्धारा अक्षराम्भ गराइ विशेष कार्यक्रम सम्पन्न गरिएको विद्यालयले जनाएको छ । null

यसैविच बरेङ बजार स्थित सर्वोदय माध्यमिक विद्यालयले पनि सरस्वति माताको पुजा आरधना गरी श्री पञ्चमी पर्व मनाएको छ ।null

यस्तै, बालज्योति इङ्ग्लिस बोर्डिङ स्कुल बरेङले पनि वसन्त पञ्चमीको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

पर्वको अवसरमा विद्या एवम कलाकि देवी सरस्वति माताको पुजा आरधाना गरी १२ जना नव आगन्तुक बालबालिकाहरुलाई विद्यालयले अक्षराम्भमार्फत शैक्षिक जग बसाएको हो ।

कार्यक्रमका अवसरमा विविध प्रतिश्पर्धात्मक प्रतियोगिताहरु समेत सम्पन्न गरीएको हो ।

कक्षागत रुपमा सम्पन्न कक्षा नर्सरी देखी युकेजी सम्मको बेलुन फोर प्रतियोगितामा कक्षा नर्सरी बाट अनुभव सेन्चुरी,कक्षा एलकेजीबाट सायल सुत्पराइ र कक्षा युकेजी बाट सनसाइन पुन विजेता बनेका विद्यालयले जनाएको छ ।

उस्तै कक्षा १ देखी ४ सम्मको कक्षागत कुर्सी दौड प्रतियोगितामा कक्षा १ बाट दिक्षा गुरुङ,कक्षा २ बाट प्रेम थापा,कक्षा ३ बाट गौरब विक र कक्षा ४ बाट रविन श्रीस विजेता बने भने कक्षा ४ र ५ को चम्चा दौड प्रतियोगितामा कक्षा ४ बाट ग्रीस पुन रकक्षा ५ बाट शिशिर गुरुङ विजेता बनेका हुन् ।

यस्तै कक्षा ५ देखी ७ सम्मको नृत्य प्रतियोगतामा कक्षा ७ कि छात्रा आस्मी पुनको समुह प्रथम,कक्षा ५ कि छात्रा निस्मा काउचाको समुह द्धितिय र कक्षा ६ कि छात्रा कोसिका गुरुङको समुह तृतिय बने ।

कक्षा ८ देखी १० सम्मको हाजिरीजवाफ प्रतियोगितामा कक्षा ९ का छात्र नविन गुरुङको समुह ग्रीन हाउस सदन प्रथम,कक्षा १० कि छात्रा क्रिस्मा गुरुङको समुह यल्लो हाउस सदन द्धितिय र कक्षा १० का छात्र हेमन पुनको समुह ब्लु हाउस सदन तृतिय बन्न सफल भएका विद्यालयका शिक्षक विनोद विष्टले जानकारी दिनुभयो ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक शोभाकर पौडेलको अध्यक्षता र शिक्षक लक्ष्मण नेपालीको सञ्चालनमा सम्पन्न भएको हो ।null

यस्तै, भृकुटी माध्यमिक विद्यालयमा सरस्वती पूजा अर्थात् वसन्त पञ्चमी पर्व विविध कार्यक्रम गरी मनाइएको छ ।

बरेङ गाउँपालिका–२, काफलबोट, स्थित भृकुटी माध्यमिक विद्यालयमा सरस्वती पूजा अर्थात् वसन्त पंचमीको अवसरमा विद्याकी देवी माता सरस्वतीको पूजा आराधना साथै सोही अवसरमा विद्यालय उमेर पुगेका नयाँ ४ जना  बालबालिकाहरुलाई अक्षरारम्भ गराईएको छ। 

कार्यक्रम कै विच प्रत्येक कक्षामा “माता सरस्वतीको चित्रकला प्रतियोगिता“ सञ्चालन भएको थियो। जसअन्र्तगत  कक्षा ४ का छात्र लवसन क्षेत्री उत्कृष्ट १ मा पर्न सफल भएका छन् ।त्यस्तै कक्षा ८ का छात्र देविन्द्र शर्मा द्धितिय,कक्षा ७ कि छात्रा सोफिया सापकोटा तृतिय ,कक्षा ५ कि छात्रा समृद्धि सापकोटा सान्त्वना र कक्षा १२ कि छात्रा सपना बिक. ५ बन्न सफल भएका विद्यालयका शिक्षक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार प्रतियोगी सबैलाई समेत पुरस्कृत गरिएको हो।

कार्यक्रममा कक्षा ६ का विद्यार्थीहरुले पञ्चेबाजा प्रस्तुति गरेका थिय र उनिहरुलाई कार्यक्रम लगत्तै प्रोत्साहन पुरस्कारले सम्मान गरिएको थियो। विद्यार्थीहरु सुजिन परियार मुख्य बादक, सुबास परियार ,सायद परियार, राहुल परियार, प्रकाश परियार, सन्दिप परियार, भुवन परियार र सुन्दर रूचाललाई पुरस्कृत गरिएको हो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर क्षेत्री को अध्यक्षता, पूर्व प्रअ. रुपनारायण शर्माको विशेष आतिथ्यता, शिक्षिका सोनम थापा मगरको स्वागत, पूर्व प्रअ. रुपनारायण शर्माको मन्त्रजप, विद्यालयका निमित्त प्रधानाध्यापक शिक्षक विष्णु बहादुर क्षेत्रीको सञ्चालन साथै कक्षा १२ को बिशेष व्यवस्थापन एवम विद्यालयका प्रधानाध्यापक,सम्पुर्ण शिक्षक, विद्यार्थी र अभिभावहरुको सहभागितामा उल्लासपूर्ण तवरले कार्यक्रम सम्पन्न भएको थियो।null

यसैविच, बरेङ गाउँपालिका–३ किसिमकोट स्थित शारदा माध्यमिक विद्यालयले पनि श्री पञ्चामी अर्थात् वसन्त पञ्चमी पर्व मनाएको छ ।

विद्यालयले शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उपस्थितिमा सामुहिकरुपमा आज श्रीपञ्चमि पर्वको अवसरमा सरस्वती पुजा सम्पन्न गरेको हो । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देविदत्त पौड्यालले पुजाआजा, आरति तथा शिक्षक विद्यार्थीलाई टिका र फुल प्रसाद वितरण गर्नु भएको थियो ।null

यस्तै, वसन्त पन्चमी ,सरस्वती पुजा साथै शुभ अक्षर आरम्भ कार्यक्रमको अवसर पारेर ज्ञानोदय आधारभुत विद्यालय बाटाकाचौर बागलुङमा पनि स साना नानी बाबुहरुलाइ अक्षर आरम्भ गराइ नया भर्ना सहित सम्पुर्ण बालबालिकाहरुलाइ बालमैत्री वातावरणमा माता सरस्वतिको पुजा अर्चना र प्रसाद ग्रहण गरि विभिन्न सास्कृतिक कार्यक्रम  सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक मदन बहादुर कार्किले जानकारी दिनुभयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गंग बहादुर कार्कीको अध्यक्षता, वडा नं ३का वडा अध्यक्ष शेर बहादुर खनालको प्रमुख आतिथ्यता,सहायक प्रधानाध्यापक हुमनाथ न्यौपानेको स्वागत र प्रधानाध्यापक मदन बहादुर कार्कीको सञ्चालन तथा व्यवस्थापनमा सम्पन्न भएको थियो ।null

« बरेङका ७५ सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण,८५ कुकुरलाई रेविज विरुद्धको खोप «

» युनिटी क्लबको दोस्रो बार्षिकोत्सव तथा स्व. हिरालाल र स्व. श्यामलाल गिरी स्मृती कपको उद्घाटन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal