दर्ता. न‌: २४५/०६५/०६६

ज्ञानोदय आधारभुत विद्यालय बाटाकाचौरको ६८औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

भुमा मगर ।

१३ फागुन २०८० ।बागलुङको बरेङ गाउँपालिका –३, बाटाकाचौर स्थित ज्ञानोदय आधारभूत विद्यालय को ६८औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम का साथ सम्पन्न भएको छ।

जस विद्यालयको अन्तर सदनात्मक चम्चा दौड प्रतियोगितामा यल्लो हाउस सदनकि इभान्जेलिना बोहोरा प्रथम, रेड हाउस सदनका शिशिर थापा दितिया, ब्लु हाउस सदनका अमृत थापा तृतिय भएका छन्। त्यसै गरी बालविकास केन्द्रको बेलुन फुटाउने प्रतियोगितामा असीम थापा प्रथम भएका छन्। 

वडा नं ३ को विद्यालय स्तरीय कक्षा ४ र ५ को श्रुति लेखन प्रतियोगितामा ६वटा विद्यालय सहभागी भएकामा बालविकास आधारभुत विद्यालयका निरज वि. क. प्रथम ,ज्ञानोदय आधारभुत विद्यालयका शिक्षा सुवेदी, दितिय ,शारदा माध्यमिक विद्यालयकि पवित्रा परियार तृतीय भएका छन्। 

लक्की विनर गेम  कक्षा ६–८ का ३७ प्रतियोगी मा मौसम थापा प्रथम, त्यस्तै अन्तर विद्यालय कक्षा ६–८ सामूहिक नृत्य प्रतियोगितामा ज्ञानोदय आ.वि. प्रथम, बालविकास आ.वि. दितीय, शारदा मा. वि. तृतीय भएका छन्। जसको पुरस्कार सौजन्य विद्यालय व्यवस्थापन समितिका सदस्य तिला क्षेत्रीले गर्नु भएको थियो।अभिभावक म्यूजिकल चियरमा लक्ष्मी शर्मा प्रथम बन्नु भएको छ।

सोही अवसरमा विद्यालयमा गठित १२ वटा उपसमितिमा उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यालय दिवा खाजा व्यवस्थापन समितिका संयोजक शिक्षक भिम कुमारी कार्की, सदस्य राधा थापा र देवीकुमारी थापा सम्मानित हुनु भएको छ,भने यस वर्षको कक्षा १–३ मा उत्कृष्ट शिक्षक को रुपमा शिक्षक लक्ष्मी रूचाल र कार्य जिम्मेवारीमा सहायक प्रधानाध्यापक हुमनाथ न्यौपाने , विद्यालय व्यवस्थापन समिति तर्फ कमला मगर , पूर्व विद्यालय व्यवस्थापन समिति तर्फ तुलसी राम पौडेल सम्मानित हुनु भएको छ ,सहयोग दाता तर्फ शिक्षक अमृत न्यौपाने, शिक्षक रमा नेपाली र पूर्व शिक्षक अशोक सुवेदी सम्मानित हुनु भएको छ। 

त्यसै गरी ज्ञानोदय चौरासी कोषमा आफ्नो चौरासी पूजाको रकम रु ५० हजार सहयोग गर्नु हुने बरेङ ३ चौर निवासी पवित्रा थापा क्षेत्री र छोरा टेक बहादुर थापा सम्मानित हुनु भएको छ। यसै अवसरमा ज्ञानोदय छात्रवृत्ति कोषमा हाल रुपन्देही जिल्लाको शुद्दोदन गाउँपालिका फर्सटिकर निवासी नर बहादुर भट्टराई क्षेत्री र उहाँको छोरा हरु बाट पचास हजार पाँच सय पचपन्न रुपैयाँ आफ्ना स्वर्गिय परिवारको स्मृतिमा छात्रवृत्ति अक्षय कोष स्थापना को घोषणा गरिएको छ। साथै स्व. गोविन्द क्षेत्री फाउन्डेसन मार्फत रु ५ हजार ÷–   छात्रवृत्ति प्रदान गरिएको छ। 

विविध साँस्कृतिक कार्यक्रम सहित सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय डिल्लीराम सुवेदी को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ट अतिथि वडा नं ३ का कार्यवाहक वडाअध्यक्ष एबम् शिक्षक अभिभावक संघका टेक बहादुर थापा, मुक्त बहादुर थापा, कमला मगर, पदमपानी पौडेल, लीलाधर पौडेल, पृथ्बी बहादुर पुन, केहरसिह थापा, प्रेम बहादुर खत्री, देविदत्त पौडेल, मोतीराम गौतम, लिलाधर पौडेल ले शुभकामना मन्तब्य राख्नु भएको थियो।

आर्थिक वर्ष २०७९÷०८०को प्रगति प्रतिवेदन र आगामी कार्ययोजना प्रधानाध्यापक मदन बहादुर कार्की ले प्रस्तुत गर्नुभएको छ। 

सोही अवसरमा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय डिल्लीराम सुवेदी ले  ज्ञानोदय आधारभूत विद्यालयले गरेका असल अभ्यासहरुको खुलेर प्रशंसा गर्दै विद्यालय र शिक्षाक्षेत्रमा सरोकावालाहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने र अबको शिक्षा प्रविधि र सीप युक्त बनाउनु पर्ने र घोकन्ते पद्धतिको शिक्षालाई क्रमसः कम गर्दै विद्यार्थीलाई ज्ञान सीप विकास गर्नु पर्ने, जीवनको परीक्षा संग सामना गर्न सक्ने शिक्षालाई अगाडि बढाई सिंगो समाज संग साक्षात्कार हुने शिक्षा दिनु पर्ने आवश्यकता रहेको र त्यसको लागि आफू नीतिनिर्माण तहमा आवाज उठाउने विचार व्यक्त गर्नु भएको थियो भने शिक्षक र शिक्षाको क्षेत्रमा शिक्षक हरुले गरेको आन्दोलन को स्मरण गर्दै शिक्षक र शिक्षा क्षेत्र पनी केही हो है भन्ने अनुभूति राज्यले गरेको तर शिक्षक संग भएका वार्ता र सहमति पूरा गर्न अझै सरकार गम्भीर भएर जानु पर्ने, त्यसका लागि आफू शिक्षक सगै भएको विचार व्यक्त गर्नु भएको छ।

स्थानिय सीप र प्रविधिको जगेर्ना गर्दै, असल संस्कारको विकास, कुरीति र अन्धविश्वासको अन्त्य गर्दै प्रतिश्पर्धा अरु कसै संग नभई आफू र आफै संग गरी आफूले आफैलाई जित्ने काम नै सफलता भएको विचार सांसद सुवेदीले राख्नु भएको थियो।

कार्यक्रमको अवसरमा प्रधानाध्यापक मदन बहादुर कार्की ले विद्यालयले गरेका असल अभ्यास र आबस्यकता को सूची प्रस्तुत गर्दै आजका दिन सम्म वडा तह देखि पालिका, जिल्ला, प्रदेश र संघीय तहले र निजि क्षेत्रले गरेको सहयोग प्रति प्रसंसाका साथ धन्यबाद ज्ञापन गर्दै विद्यालयका थप आवश्यकता पूरा गर्न सहयोग गरिदिनु हुन उपस्थित जनप्रतिनिधि र सांसद सुवेदी लाई आग्रह गर्नु भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम बहादुर थापाको अध्यक्षता, सहायक प्रधानाध्यापक हुमनाथ न्यौपाने को स्वागत मन्तव्य सगै कार्यक्रमको सञ्चालन शिक्षक चन्द्रमणि सुवेदी ले गर्नु भएको थियो।nullnullnullnull

« सिकाई उपलब्धि मापन परीक्षामा शतप्रतिशत विद्यार्थीहरु उत्र्तीण गराउने बिद्यालयलाइ लोक श्रीसले रकम प्रदान गर्ने «

» जैमिनि नगरपालिकाको पैंयुथन्थापमा अचार बनाउने तालिम सुरु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal