दर्ता. न‌: २४५/०६५/०६६

बरेङ्ग–४ सल्यान, थप्लुङ लाई स्वावलम्बन नमुना गाउँ विकासका लागि आधारभुत सर्वेक्षण सम्पन्न

बिहानी संवाददाता।

२३ चैत २०८० ।

चारतारे युवा क्लब सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको संयुक्त आयोजनामा बिहीवार  बागलुङ जिल्लाको बरेङ्ग  गाउपालिकाका  गाउँमा सल्यान  साविक वडा न.–४ थप्लुङमा वातावरणमैत्री स्वावलम्बन नमुना गाउँ विकासका कार्यक्रम सञ्चालन पूर्वको आधारभूत सर्वेक्षण कार्य सम्पन्न भएको छ । 

समुदायको आवश्यकता पहिचान, वातावरणमैत्री विकल्पहरुको अबस्था र सम्भावना, स्थानिय श्रोतको उपलब्धता, परिचालन र समुदायको धारणा, स्थानिय वस्तुको बजार सुनिश्चित्ता र दिगो उत्पादन र बजार प्रणाली, स्थानिय तहमै वातावरणमैत्री अभ्यासहरुको अवस्था, नविकरणीय ऊर्जा प्रविधिको प्रयोगको अभ्यास, वातावरणमैत्री स्वावलम्वन नमुना गाउँ विकासको लागि आवश्यक पुर्वाधारको अवस्था र हाल भई रहेका सफल अभ्यास साथै विगतमा भएका अन्य अभ्यासहरु लगाएतको बारेमा जानकारी लिने उद्देश्यले बरेङ्ग गाउपालिका  वडा नं. ४ थप्लुङमा उक्त सर्वेक्षण गरिएको हो । 

बरेङ्गमा  सम्पन्न कार्यक्रममा चार तारे युबा क्लबका कार्यक्रमका अधिकृत सुमन जिसिले नमुना गाउँ निमार्ण को मुख्य उद्देश्य यहाँको समुदाय लाई उत्पादनसँग जोडी आर्थिक रूपमा सशक्त बनाउनु बताउनुभएको थियो । यस ठाउँमा व्यवसायिक रुपमा बेमौसमी तरकारी तथा फलफूल उत्पादन गर्न सकिने र  बिरुवा चाहाने को लागि सिवाईसी नेपाल ले सहयोग गर्ने साथै अन्य  तालिम बिउ बिजन को लागि पनि सिवाईसी नेपालले वडा सँग सहकार्य गरी अपलब्ध गराउने जानकारी गराउनु भएको थियो।

कार्यक्रम को सन्चालन प्रेम  बहादुर खत्रीले गर्नु भएको थियो भने सह–संयोजक बिष्णु बहादुर खत्रीले स्वागत मन्तव्य राख्नु भएको थियो यसै गरि शुभकामना मन्तव्य बरेङ्ग गाउपालिका बडा न.४ का वडा सदस्य कमान सिह पुन र अमृत गौतमले राख्नु भएको थियो।

कार्यक्रममा बरेङ्ग  वडा न.०४ सल्यानका  वडा अध्यक्ष किसान बहादुर खत्रीले  हामीले भोगिरहेको समस्यालाई समाधान गर्न वातावरण मैत्री नमुना गाउँको अवधारण उत्तम रहेको बताउनु भएको थियो। यस ठाउँलाई नमुना गाउँ बनाउन को लागि आफुले सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनुभएको थियो।

बरेङ्ग सदस्य सेवाकेन्द्र बाटाकाचौर का संयोजक मदन बहादुर कार्कीले सहकारी सम्बन्धि सहजीकरण गर्नु भएको थियो ।

बरेङ्ग गाउपालिका वडा न.–४ थप्लुङ्गमा कार्यक्रम बरेङ्ग गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष किसान बहादुर खत्रीको प्रमुख आतिथ्य र बरेङ्ग सदस्य सेवा केन्द्रका  संयोजक मदन बहदुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

चारतारे युवा क्लव, सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आफ्नो वार्षिक प्रस्तावित नीति तथा कार्यक्रम अनुसार यस वर्ष जिल्लाका १० गाउँलाई नमुना गाउँ निर्माणका लागि आधारभुत सर्वेक्षण गर्ने र उपयुक्त ४ गाउँ छनोट गरी वातावरणमैत्री स्वावलम्वन नमुना गाउँको रुपमा विकास गर्ने योजना रहेको छ ।

« बरेङका विद्युत उपभोक्तालाई विशेष अनुदानमा विद्युतिय चुलो «

» प्रगति युवा कलव बरेङ गाँउपालिका २ दलेङको २४ औ बार्षिकोत्सव समारोह उद्धघाटन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal