प्रगति युवा कलव बरेङ गाँउपालिका २ दलेङको २४ औ बार्षिकोत्सव समारोह उद्धघाटन
दिपेन्द्र परियार ३० चैत्र २०८०। प्रगति युवा कलव बरेङ गाँउपालिका २ दलेङको २४ औ बार्षिकोत्सव समारोह उद्धघाटन भएको छ ।
बिहिवार कलवका सस्थापक कोषाध्यक्ष तथा सल्लाहकार खड्ग बहादुर बस्यालले मैन बत्ती बालेर,समाजसेवी रुपनारायण शर्माले ब्यानर पढेर,बरेङ गाँउपालिका कार्यपालिका सदस्य जमुना बिटालुले रिवन काटेर तथा सस्थाका अध्यक्ष अमर बहादुर नेपालीले भलिवल सर्भिस गरेर कार्यक्रमको उद्धघाटन गर्नुभयो ।
कार्यक्रम पश्चात सुदाला युवा कलव सुदाला भर्सेज जनचेतना युवा कलव काउले चौर बिच भएको उद्धघाटन खेलमा काउले चौर बिजेता बन्न सफल भएको छ ।
कलवले बार्षिकोत्सवको अवसरमा अन्तर साविक वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता, भु.पु भलिवल प्रतियोगिता,सालैजो तथा सोरठी नृत्य प्रतियोगिता लगाएत अन्य मनोरञ्जनात्मक तथा सास्कृतिक प्रतियोगिताहरुको आयोजना गरेको छ । पुरुष भलिवलको प्रथम हुनेले नगद ३० हजार ट्रफि मेडल र प्रमाण पत्र,द्धितिय हुनेले २० हजार ट्रफि मेडल र प्रमाण पत्र,तेस्रो हुनेले १० हजार ट्रफि मेडल र प्रमाण पत्र तथा सान्त्वना हुनेले ७ हजार ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
« बरेङ्ग–४ सल्यान, थप्लुङ लाई स्वावलम्बन नमुना गाउँ विकासका लागि आधारभुत सर्वेक्षण सम्पन्न «